नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापाको बयान सोमबारदेखि सुरु हुने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापाको सोमबारदेखि मात्र बयान सुरु हुने भएको छ । आइतबार जिल्ला अदालत काठमाडौँ पेस गरिएको भएपनि नभ्याएपछि उनको बयान नै सुरु भएन ।
शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो ।
आइतबार पालो नआएकाले पनि सोमबार अदालत उपस्थित गराउने गरी फिर्ता पठाइएको जिल्ला अदालतले जनाएको छ।
आइतबार नभ्याउने भएकाले सोमबार पुनः अदालत पेस हुने र बयान सुरु गरिने जनाइएको छ । बयान सकिएपछि पुर्पक्षको बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका रजिष्ट्रार रामु शर्माले बताए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि नै अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको छ । २०८० जेठ १० गते दायर भएको मुद्दामा थापा फरार प्रतिवादी थिए । उक्त मुद्दामा ३० जनालाई प्रतिवादी बनाइएको छ।
यो मुद्दामा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र आङटावा शेर्पासहितका आरोपीहरू भने धरौटीमा रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण