रोहित र विराटपछि जडेजाद्वारा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यास
बारबाडोस । भारतीय क्रिकेट टोलीका अलराउन्डर खेलाडी रवीन्द्र जडेजाले आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारी मनका साथ म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलबिदा भन्छु ।’
‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु। र क्रिकेटका अन्य ढाँचाहरूमा पनि जारी राख्नेछु,’ उनले लेखे, ‘टी–२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ। म मेरो टी–२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु। तपाईंको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद।’
बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो । भारतीय टोलीले लगभग १७ वर्षपछि यो उपाधि जितेको हो । रवीन्द्र जडेजा पनि भारतीय टोलीमा थिए । खेल सकिएपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण