‘पुजार सार्की’ हङकङमा प्रदर्शन
काठमाडौँ । अभिनेता आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु र लेखक विकास सुवेदी अहिले हङकङमा छन् । फिल्म ‘पुजार सार्की’को प्रदर्शनका लागि उनीहरु त्यहाँ पुगेका छन् । फिल्मको आइतबार आयोजित शो राम्रो भएको लेखक सुवेदीले बताए ।
‘हङकङमा ‘पुजार सार्की’ले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ’, सुवेदीले भने ‘ यसअघि यहाँ प्रायः सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी फिल्म प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो फिल्म भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो ।’ यो एउटा एउटा रेकर्ड भएको सुवेदीको भनाई रहेको छ ।
हङकङको व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका थिए । कलाकारहरूसँग बसेर फिल्म हेर्न पाउँदा दर्शक दङ्ग देखिन्थे । हङकङको लागि वीरेन थापा ‘बिरे’ले फिल्म प्रदर्शन अधिकार लिएका छन् ।
नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो । दिनेश राउत निर्देशित फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण