वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग
काठमाडौँ । व्यवसायीहरूले वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ आँै स्थापना दिवसका अवसरमा आयोजित ३० औँ वार्षिक साधारण सभामा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संघका अध्यक्ष भण्डारीले सरकारसँग यस्तो माग राखेका हुन् । उनीहरुले व्यवसायीहरूले निःशुल्क रूपमा कुनैपनि व्यवसाय नगर्ने भएकाले सरकारले व्यवसायमा सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगार व्यवसाय मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जरुरी रहेको उल्लेख गरे । उनले वैदेशिक रोजगार व्यवसाय मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनसके मात्रै व्यवसाय लाइनमा आउनसक्ने जानकारी दिए ।
अध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसायी कम्पनीहरूले सेवा शुल्क लागू नभए व्यवसाय पारदर्शी हुन नसक्ने उल्लेख गरे । उनले वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरूलाई रेगुलेट गर्नको लागि सरकारले सेवा शुल्क तोक्न आवश्यक रहेको बताए । उनले सरकारले धेरै नयाँ ठाउँहरूमा रोजगारीका गन्तव्यहरू खुला गरेको भनिए पनि निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघले गरेको दाबी गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सरकारको स्पष्ट नीति नभएकाले नीति अनुरुप पाउन नसकिएको बताए । उनले सरकारले फ्री भिसा,फ्री टिकटको नारा र नीति लिएपनि त्यो अनुरुप वैदेशिक रोजगारीमा पठाउन नसकिएको बताए । उनले सरकारले फ्री भिसा, फ्री टिकटको नीति हचुवाको भरमा बनाएको दाबी गरे ।
अध्यक्ष भण्डारीले सरकारले वैदेशिक रोजगार व्यवसायीको लागि सेवा शुल्क निर्धारण गर्दा व्यवसाय पारदर्शी र मर्यादित हुने बताए । उनले मागपत्र प्रमाणीकरण नगर्दा बेथिति मौलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण