उर्लाबारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सोमबार, १७ असार २०८१, २१ : १५
विराटनगर । उर्लाबारीमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका– ६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार सीताका छोरा प्रशान्त गम्भीर घाइते भएका छन् । ८ वर्षका प्रशान्तको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
प्रदेश ०३ –००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि नाराबाजी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण