एकीकृत समाजवादीको महाधिवेशन : दस्ताबेजमाथि १२ समूहमा छलफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन दस्ताबेजमाथि समूहगत छलफल जारी छ ।
आइतबारदेखि काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी महाधिवेशनमा पेस भएका दस्ताबेजमाथि १२ वटा समूहमा छलफल भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
जसमध्ये समूह १ मा कोशी प्रदेश, समूह २ मा मधेस (क) सप्तरी, सिराहा, धनुषा, महोत्तरी रहेका छन् । त्यसैगरी समूह ३ मा मधेस (ख) सर्लाही, रौतहट, बारा, पर्सा, समूह ४ मा बागमती (क) धादिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुर रहेका छन् ।
समूह ५ मा बागमती (ख) काठमाडौँ, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा छन् भने समूह ६ मा गण्डकी प्रदेश र समूह ७ मा लुम्बिनी प्रदेश रहेका छन् । त्यसैगरी समूह ८ मा कर्णाली (क) हुम्ला, दैलेख, कालिकोट, पश्चिमरूकुम, सल्यान रहेका छन् भने समूह ९ मा कर्णाली (ख) डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगु रहेका छन् । समूह १० मा सुदूरपश्चिम प्रदेश, समूह ११ मा उपत्यका, सम्पर्क, प्रवास, विभाग र समूह १२ मा महासंघ, जनसंगठन, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण