अन्ततः ब्राजिल कोपा अमेरिकाकाे अन्तिम आठमा, क्वार्टरफाइनल समीकरण पूरा
काठमाडौँ । अन्ततः ब्राजिल कोपा–अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करण अन्तर्गत बुधबार बिहान खेलिएको खेलमा बलियो कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो ।
ब्राजिल समूह ‘डी’ को उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीबाट पाँच अङ्क बटुल्यो । त्यो समूहबाट सात अङ्कसहित कोलम्बिया पहिलो हुँदै क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
समूहगत चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि कोस्टा रिकाका लागि भने कोपा–अमेरिकाको ४८औँ संस्करण दूर्भाग्यपूर्ण रह्यो । कोस्टा रिकाले आफ्नो अन्तिम खेलमा पाराग्वेलाई २–१ गोलले पराजित गरेको थियो ।
तर, पाराग्वे एक जित, एक बराबरी र एक हारबाट चार अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा रह्यो । पाराग्वे भने तीनवटै खेलमा पराजित भयो । कोलम्बियाविरुद्धको खेलमा सुरुआती अग्रता लिएर पनि ब्राजिलले त्यसलाई जोगाउन सकेन ।
खेल सुरु भएको १२औँ मिनेटमै राफिन्हाले ब्राजिलका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कोलम्बियाले जवाफी गोल गरेको थियो । कोलम्बियाका लागि ड्यानियल मुनोजले गोल गरेका थिए ।
यसैगरी पाराग्वेविरुद्धको खेलमा कोस्टा रिकाले दुबै गोल पाँच मिनेटको बिचमा गरेको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फ्रान्सिस्को काल्भोले पहिलो गोल गरेका थिए । सातौँ मिनेटमा जोसिमर अल्कोशेरले अग्रता दोब्बर बनाएका थिए । पाराग्वेका लागि भने एकमात्र गोल ५५औँ मिनेटमा रामोन सोसाले गरेका थिए ।
बुधबार विहानको खेलसँगै कोपा–अमेरिकाको क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको, भेनेजुएलाले क्यानडाको, कोलीम्बयाले पानामाको तथा ब्राजिलले उरुग्वेको सामना गर्नेछन् । क्वार्टरफाइनल खेल शुक्रबार बिहानदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण