अनन्त–राधिकाको बिहेमा गीत गाउन आउँछिन् अडेल ?
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेको चर्चा गएको वर्षदेखि नै भइरहेको छ । मार्चमा यी दुईको पहिलो प्रि–वेडिङ कार्यक्रम भएको थियो । जुनमा पनि केही दिन दोस्रो प्रि–वेडिङ कार्यक्रम चल्यो ।
यी दुबै कार्यक्रममा बलिउडदेखि हलिउडसम्मका चर्चित सेलिब्रेटीहरू आएका थिए । अब जुलाई १२ मा अनन्त र राधिकाको बिहे हुँदैछ । छोरोको बिहे अघि मुकेश र नीता अम्बानीले जुलाई २ मा नवी मुम्बईमा ५० गरिब जोडीको बिहे गराएका थिए ।
यसैबीच अनन्त र राधिकाको बिहेसम्बन्धी अन्य जानकारीहरू पनि आइरहेका छन् । स्रोतका अनुसार अनन्त र राधिकाको बिहेमा चर्चित ¥यापर र गायक डे«कले पर्फम गर्न लागेको भन्दै इन्डिया टुडे र आजतकले समाचार छापेका छन् । उनी छिट्टै भारतमा आउने बताइएको छ । स्रोतका अनुसार डे«क बाहेक अन्य विदेशी कलाकारसँग पनि अम्बानी परिवारको म्यानेजमेन्ट टिमले कुराकानी गरिरहेको छ । जानकारीका अनुसार अमेरिकी गायिका लाना डेल रे र ब्रिटिश पप गायिका अडेल पनि यो सूचीमा छन् ।
राधिका लाना डेल रेको ठूलो फ्यान भएको बताइएको छ । मिति र पारिश्रमीकबारे यी कलाकारहरूसँग कुराकानी भरहेको छ । अनन्त र राधिकाको बिहे मुम्बईको जियो वल्र्ड सेन्टरमा यही जुलाई १२ देखि १४ सम्म चल्दैछ । बिहेको कार्ड यस अघि नै सामाजिक सञ्जालमा भाइरल भएको छ । यी दुईको प्रि–वेडिङ कार्यक्रममा हलिउडकी गायिका रिहाना, द ब्याकस्ट्रीट ब्वाइज, पिटबुल र इटालियन ओपेरा सिंगर एन्ड्री बोसेलीले पर्फम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण