बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ५० अर्ब रुपैयाँ बराकरको तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब तरलता प्रशोचन गर्न लागिएको जनाएको छ । यो रिभर्स रिपोको लामो अवधि हो । यसअघि ७ दिन र १४ दिनको रिभर्स रिपो जारी गर्दै आएको केन्द्रीय बैंकले बुधबार २१ दिन लामो रिभर्स रिपो जारी गर्न लागेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ ।
असार १६ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६३ खर्ब ३५ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब ४९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ७९.१८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग हाल ६ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ ।
बैंकहरुसँग पर्याप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.१९ प्रतिशतमा खुम्चिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन पत्र खरिद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण