कांग्रेसद्वारा एमालेसँग भएको समझदारी अनुमोदन
काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
देशलाई सुशासन, स्थायित्व र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ पार्टीले एमालेसँग सहकार्य गरेको उल्लेख गर्दै उनले यो मुद्दामा सहमत अन्य दललाई पनि गठबन्धनमा जोड्ने समझदारी बनेको जानकारी दिए ।
प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापन गरेपछि नयाँ सरकारको नेृतत्व सुरुमा एमालेका अध्यक्ष केपी ओलीको रहने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सरकारको नेतृत्व देउवाले गर्ने मूल समझदारी भएको महतले जानकारी दिए । यो समझदारीलाई कांग्रेस बैठकले स्वागत पनि गरेको महतको भनाइ छ ।
यस्तै बैठकले पार्टी सभापतिले भ्रातृ संस्थाको सम्बन्धमा र निर्देशक समितिको सम्बन्धमा गरेको निर्णय पनि अनुमोदन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण