कांग्रेस–एमालेको सरकार खतराको संकेत : प्रधान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले कांग्रेस–एमालेको गठबन्धनमा बन्न लागेको सरकारले खतराको संकेत गरेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान संशोधनको विषयमा केन्द्रित हुँदै अग्रगामी संशोधनमा माओवादीको कुनै आपत्ति नरहेको बताए । तर, कांग्रेस–एमालेले अहिले संविधान संशोधनको विषयमा उठाएका कुराहरू संवेदनशील रहेको उनको जिकिर छ ।
‘उहाँहरू मिलेर जुन गठबन्धन बनाउन खोज्नुभएको छ, सँगसँगै उहाँहरूले मुलुकमा खतराको संकेत लिएर आउनुभएको छ । त्यो के हो भने–संविधान संशोधन । संविधान अग्रगामी संशोधनका लागि कुनै आपत्तिको विषय होइन,’ उनले भने,‘तर, उहाँहरूले गरेको सम्झौताको मस्यौदा हेर्दा निकै संवेदनशील पक्षमा पनि सहमति भएको छ भन्ने कुरा पनि सार्वजनिक भएको छ । त्यो नेपाली जनताको लागि उहाँहरूले ठुलो चुनौती दिनुभएको छ ।’
संविधान संशोधन गरेर राष्ट्रिय सभालाई समानुपातिकमा मात्रै सीमित गर्ने, प्रदेश सभाका प्रत्यक्ष निर्वाचन प्रणालीको मात्रै व्यवस्था गर्ने र स्थानीय तह घटाउनेबारे एमाले–कांग्रेसबिच सहमति जुटेको आफूले जानकारी पाएको उनले सुनाए । उनले यो कसको एजेण्डा हो ? भन्दै प्रश्न गरे । उनले हिजो राजा ज्ञानेन्द्रसँग लड्दाको आफ्नो हैसियत सम्झिन पनि एमाले–कांग्रेसलाई सुझाए । संविधान, संघीयता र धर्मनिरपेक्षताको कार्यान्वयन जनताले चाहेको भएपनि एमाले–कांग्रेस पछाडि फर्किन चाहेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण