कोपा–अमेरिका फुटबल : एउटै संस्करणमा एउटै व्यक्ति खेलाडी र रेफ्रीको भूमिकामा
काठमाडौँ । कोपा–अमेरिका विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता हो । यो प्रतियोगिताको इतिहासमा एउटा गजबको संयोग जोडिएको छ । कोपा–अमेरिकाको सुरुआती संस्करणहरूमा दक्षिण अमेरिकी राष्ट्रहरूले मात्र प्रतियोगितामा सहभागिता जनाउँथे ।
प्रतियोगिताको चौथो संस्करण सन् १९२० मा चिलीमा आयोजना भएको थियो । त्यो प्रतियोगितामा चारवटा टोली सहभागी थिए । कोपा–अमेरिकाको त्यो संस्करणमा ब्राजिलका एक व्यक्तिले दुईवटा भूमिका निर्वाह गरेका थिए ।
त्यो संस्करणमा ब्राजिलका जाओ डे मारिया खेलाडीका रूपमा ब्राजिलको टोलीमा सहभागी थिए । खेलाडीका रूपमा पनि उनले डिफेन्डर र स्ट्राइकर दुवैको भूमिका निर्वाह गरेका थिए । कोपा–अमेरिकाको त्यही संस्करणमा उनले रेफ्रीको भूमिका पनि निर्वाह गरेका थिए ।
अर्जेन्टिना र चिलीबिच सेप्टेम्बर २० तारिखमा खेलिएको खेलमा उनले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । त्यो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । कोपा–अमेरिकाको त्यो संस्करणमा ब्राजिल तेस्रो भएको थियो । उरुग्वे पहिलो र अर्जेन्टिना दोस्रो भएका थिए । कोपा–अमेरिकाको ४८औँ संस्करण हाल अमेरिकामा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण