सालार २ को सुटिङ सुरु गर्दै प्रभास
हैदराबाद । दक्षिण भारतीय सुपरस्टार प्रभास यतिबेला हालै रिलिज भएको फिल्म कल्की २८९८ एडीको सफलताको मज्जा लिइरहेका छन् । चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
अब छिटै प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायाङ्कन सुरु हुँदैछ । फ्यानहरू लामो समयदेखि यो फिल्मको प्रतीक्षामा छन् । कल्कीमा आफ्नो दमदार भूमिकाका कारण प्रभास लगातार चर्चामा छन् । फिल्मलाई फ्यानहरूले माया गरिरहेका छन् ।
७ दिनमा ६०० करोड भारुभन्दा बढीको व्यापार गरेर फिल्मले कैयौँ रेकर्ड पनि तोडिसकेको छ । अब छिटै प्रभासले ‘सलार २’ को छायाङ्कन सुरु गर्दैछन् । पिंकभिल्लामा छापिएको एक समाचारका अनुसार सालार २ को सुटिङ अगस्ट १० देखि सुरु हुँदैछ ।
फिल्म १५ दिनको शेड्यूल रामोजी फिल्म सिटीमा सुट हुँदैछ । आगामी ८ महिनाभित्र बाँकी सबै सुटिङ सकिने बताइएको छ । होम्बले फिल्म्स प्रोडक्सनले २०२५ को अन्त्यसम्ममा फिल्म रिलिज गर्ने सोच बनाइरहेको छ ।
फिल्मका निर्देशक नीलले प्रभास र पृथ्वीराज सुकुमारनको साथमा सीक्वेलको २० प्रतिशत हिस्सा पहिला नै सुटिङ गरिसकेको बताइएको छ । सालार २ प्रति प्रभास पृथ्वीराज र होम्बले फिल्म्स सबै निकै कन्फिडेन्ट रहेको बताइएको छ ।
फिल्ममा प्रभासबाहेक सुकुमारन, बबी सिम्हा, श्रुति हसन, जगपति बाबू, श्रीया रेड्डी मुख्य भूमिकामा छन् । प्रभास सालार २ बाहेक सन्दीप रेड्डी वांगाको स्पिरिटमा पनि देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण