प्रधानमन्त्रीको थाप्लोमा ८ वटा मन्त्रालय
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थाप्लो ८ वटा मन्त्रालय परेको छ । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम उनीहरुले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।
बुधबार उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिला बालबालिकामन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्र कुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । राजीनामापछि बिहीबार राष्ट्रपतिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण