हेमन्त सोरेनले लिए झारखण्डको मुख्यमन्त्रीको शपथ
नयाँ दिल्ली । झारखण्ड मुक्ति मोर्चा (झामुमो) का कार्यकारी अध्यक्ष हेमन्त सोरेनले राजभवनमा झार खण्डको १३ औँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । राज्यपाल सीपी राधाकृष्णनले हेमन्त सोरेनलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । राज्यको मुख्यमन्त्रीका रूपमा यो उनको तेस्रो कार्यकाल हो ।
झामुमोले यसअघि जुलाई ७ मा सोरेनले मुख्यमन्त्रीको शपथ लिने बताएको थियो । तर झामुमोको नेतृत्वको गठबन्धनले आजै शपथ ग्रहण गराउने निर्णय गर्यो । सोरेनकी पत्नी कल्पनाले एक्समा पहिला नै पोस्ट गरेर ‘समय बदलिनेछ र हामी तपाईंहरूको सामुन्ने पुनः उपस्थिति हुनेछौँ, लोकतन्त्रको जीत भयो’ भनेर लेखेकी थिइन् ।
सोरेन पहिलोपटक जुलाई १३ मा सीएम बनेका थिए । उनको पहिलो कार्यकाल १ वर्ष १६८ दिनसम्म चल्यो । दोस्रोपटक उनी सन् २०१९ को डिसेम्बर २९ मा सीएम बनेका थिए । उनको यो कार्यकाल ४ वर्ष १८८ दिनसम्म चल्यो । तर सम्पत्ति शुद्धीकरण मामिलामा पक्राउ परेपछि उनले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण