हेमन्त सोरेनले लिए झारखण्डको मुख्यमन्त्रीको शपथ

नयाँ दिल्ली । झारखण्ड मुक्ति मोर्चा (झामुमो) का कार्यकारी अध्यक्ष हेमन्त सोरेनले राजभवनमा झार खण्डको १३ औँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । राज्यपाल सीपी राधाकृष्णनले हेमन्त सोरेनलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । राज्यको मुख्यमन्त्रीका रूपमा यो उनको तेस्रो कार्यकाल हो ।
झामुमोले यसअघि जुलाई ७ मा सोरेनले मुख्यमन्त्रीको शपथ लिने बताएको थियो । तर झामुमोको नेतृत्वको गठबन्धनले आजै शपथ ग्रहण गराउने निर्णय गर्यो । सोरेनकी पत्नी कल्पनाले एक्समा पहिला नै पोस्ट गरेर ‘समय बदलिनेछ र हामी तपाईंहरूको सामुन्ने पुनः उपस्थिति हुनेछौँ, लोकतन्त्रको जीत भयो’ भनेर लेखेकी थिइन् ।
सोरेन पहिलोपटक जुलाई १३ मा सीएम बनेका थिए । उनको पहिलो कार्यकाल १ वर्ष १६८ दिनसम्म चल्यो । दोस्रोपटक उनी सन् २०१९ को डिसेम्बर २९ मा सीएम बनेका थिए । उनको यो कार्यकाल ४ वर्ष १८८ दिनसम्म चल्यो । तर सम्पत्ति शुद्धीकरण मामिलामा पक्राउ परेपछि उनले राजीनामा दिएका थिए ।