बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६२ वर्षीय बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी र संगठित अपराधअन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिएको थियो ।
झालाई नेपाल प्रहरीको टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । पहिले अनुसन्धान हुँदा ठेगाना नखुलेको भन्दै अनुसन्धान नगरिएका झा पक्राउ परेपछि यो घटनामा दोस्रो चरणको अनुसन्धान सुरु भएको प्रहरी अधिकृतहरू बताएका छन् । उनीसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक संलग्नता खुल्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण