प्रदेश
एमालेले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले बुझाए राजीनामा
बिहीबार, २० असार २०८१, १९ : ४३
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका हुन् ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य, दिनेश पन्थी, भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा बुझाएका छन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले पनि राजीनामा बुझाएको बताए ।
यसअघि बिहीबार दिउसो मुख्यमन्त्री महरालाई भेटेर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमालेका सचेतक तुलसी चौधरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण