रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
मस्को । अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा कवच लगाइएको छ । अन्तरिक्ष विज्ञानको इतिहासमा यस्तो गरिएको यो पहिलो पटक हो ।
गएको हप्ता रुसको एउटा पुरानो भूउपग्रह पड्किएको थियो । यसको नजिकै रहेको चीनको स्पेश स्टेशन तियानगाङ्गतिर फोहोरहरू आउन थाल्यो । फोहोरहरू स्टेशनमा लाग्नु अघि नै चीनले स्टेशनको चारैतिर कवच लगाइदियो । यो काम चीनको शेनझोउ–१८ मिशनका दुई अन्तरिक्ष यात्रीहरूले गरेका थिए ।
स्पेश स्टेशनको तार र पाइपलाइनहरू सुरक्षित रहुन् भनेर दुवै चिनियाँ अन्तरिक्षयात्रीहरूले साढे ६ घण्टा स्पेश वाक गरेर चारैतिर सुरक्षा कवच लगाएका थिए ।
२६ जुनमा पड्किएको थियो रुसको पुरानो भूउपग्रह
अमेरिकी स्पेश कमान्डका अनुसार जुन २६ मा रुसो पुरानो काम नलाग्ने अर्थ अब्जर्भेशन सेटलाइट रिस्योर–पी१ पड्किएको थियो । सो सेटलाइट सयभन्दा धेरै टुक्रा भएको थियो । सो भूउपग्रहलाई ट्र्याक गर्न सकियो ।
भूउपग्रह पड्किए पछि स्पेश स्टेशनमा रहेका ६ जना अमेरिकी अन्तरिक्षयात्रीले यसबारे नासालाई सूचना दिए । उनीहरुले स्पेश स्टेशनमै रहेका चिनियाँ अन्तरिक्षयात्रीहरू यसबारे भने कि भनेनन् थाहा छैन । तर चिनियाँ अन्तरिक्षयात्रीले कतैबाट थाहा पाए र तुरुन्तै चिनियाँ स्पेश स्टेशनको बाहिरको जरुरी हिस्सामा कवच लागाउने काम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण