एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक आलोकनगरमा
शनिबार, २२ असार २०८१, १४ : १५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौँको आलोकनगरमा सुरु भएको छ । दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् शनिवार दिउँसो पार्टीको बैठक बोलाइएको हो ।
बैठक सुरु हुनुअघि भएको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले दसौँ राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूर्वक महाधिवेशन सम्पन्न गरेकोमा प्रशंसापत्र प्रदान गरेका छन् । आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला