पोखरामा सेती नदी बढेपछि ५ परिवार विस्थापित
शनिबार, २२ असार २०८१, १८ : ५२
पोखरा । अविरल परेको वर्षाका कारण पोखराको सेती नदीमा बहाव बढेको छ । नदीमा बहाव बढेपछि किनारका ५ परिवार विस्थापित भएका छन् । पोखरा १४ गोस्ते टोलमा ५ परिवारका २३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार विस्थापित सबै जनालाई गोस्ते टोल विकास संस्थाको भवनमा राखिएको छ । विस्थापित हुनेहरूमा स्थानीय विष्णुमाया सुनुवारको ५ जनाको परिवार, डोल्मा शेर्पाको ७ जनाको परिवार, सुकदेव गुरुङको ४ जनाको परिवार, डावा शेर्पाको ४ जनाको परिवार र काजी शेर्पाको ३ जनाको परिवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण