बाग्मतीमा फसेका ३ जनाको उद्धार
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले वाग्मती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ । कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै वाग्मती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सकुशल उद्धार गरेको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहित १५ जना र नं १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको थापाले बताए ।
५६ जनाको उद्धार
यसैबिच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रमा बाढीले डुबानमा परेका १८ टहरामा बस्ने ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
उद्धार गरिएकामा ३० जना पुरुष, २० महिला र छ जना बालबालिका रहेका कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लामा सम्भावित विपद् व्यवस्थापन तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण