पर्वतमा पहिरो खस्दा दुई जना घरभित्रै पुरिए
पर्वत । पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिराले घरसहित दुईजना पुरिएका छन् । स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन् ।
स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिए ।
पहिरोमा पाध्याका दुईवटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन् । गोठमा पहिरो आउनसक्ने सम्भावना देखेर चौपाया निकाल्न गएकै बेला पहिरो आएकाले उद्धार गर्न नसकिएको वडाध्यक्ष पाध्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण