तमोर नदीको जलस्तर सतर्कता तह पार
आइतबार, २३ असार २०८१, ०९ : २९

धनकुटा । शुक्रबारदेखि देशभर वर्षा भइरहेको छ । योसँगै आइतबार बिहान धनकुटा जिल्लाको त्रिवेणीस्थित तमोर नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाको भनाई छ ।
आइतबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।