तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, बर्तौलाको भनाइ छ । त्यस्तै एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।
‘सरकारलाई कुनैपनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ’, बर्तौलाको भनाइ छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण