सरकारले तोक्यो ५२ सङ्क्रामक रोग, कुन कुन हुन् ?
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५२ वटा रोगलाई सङ्क्रामक रोग भनेर तोकेको छ ।
मन्त्रालयले ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ को दफा ४९ को उपदफा (१) बमोजिमका सङ्क्रामक रोग निर्धारण गरेको हो । सरकारले रेबिज, क्षयरोग, कोभिड, डेंगु लगायत विभिन्न रोगलाई सङ्क्रामक रोग भनेर निर्धारण गरेको हो ।
पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिडलाई सङ्क्रामक रोग भनेर राखिएको छ ।
यस्तै, चौथोमा दादुरा र पाँचौँमा डेंगु रोगलाई राखिएको छ । यस्तै छैटौँमा जापनिज इन्सेफलाइटिस र सातौँमा हैजा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखिँदा त्यसपछि क्रमशः धनुष्टङ्कार, एच.आइ.भी÷एड्स, एन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्याग्दे ज्वारो, कालाजार, रोटाभाइरस, रुबेलालाई पनि समावेश गरिएको छ ।
यस्तै, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग, निकोकल निमोनिया, कमलपित्त, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकीसमेत सङ्क्रामक रोग अन्तर्गत परेका छन् ।
यस्तै, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीजलाई सङ्क्रामक रोग भनेर सरकारले तोकेको छ ।
यस्तै, सार्स, कमलपित्त ए, प्लेग, लिजियोनेलोसि, इनोकोकोसिस÷हाइडैटिडोसिस, एमपक्स, बिफर, एल्लो फिवर, कमलपित्त ई, चिकुनगुनिया रोगलाई पनि सङ्क्रामक रोगको सूचीमा समावेश गरिएको छ।
यस्तै, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई पनि मन्त्रालयले सङ्क्रामक रोगको सूचीमा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण