प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्न एकीकृत समाजवादीले दियो जिम्मा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरुलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
आईतवारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् । उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए ।
उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए । बढीमा १० दिनभित्रमा केन्द्रीय कमिटी सदस्यको टुंगो लगाउने उनको भनाइ छ ।
उनले भने, ‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरुसहित र यो केन्द्रिय कमिटीमा भएका सदस्यहरुसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रिय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ । बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ ।’
पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण