बाइडेन राष्ट्रपतिको दौडमा रहे फन्डिङ बन्द गरिदिने चेतावनी
वाशिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचन आउन अब चार महिना मात्रै बाँकी छ । तर सत्तारुढ डेमोक्रेट पार्टी आफ्नो उम्मेदवारबारे अन्योलमा छ । वर्तमान राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने विरूद्ध पार्टीभित्र उठिरहेको आवाज मत्थर हुने नामै छैन । बाइडेनले आफू दौडमा रहेको स्पष्ट गरिसकेका छन् । तर अमेरिकी सञ्चारमाध्यमको रिपोर्टलाई विश्वास गर्ने हो भने जो बाइडेनको विकल्पबारे पार्टीभित्रै विचारविमर्श शुरु भएको छ ।
एटलान्टामा भएको पहिलो बहसमा बाइडेनको निराशाजनक प्रर्दशनपछि उनको उमेरबारे छलफल तीव्र भएको थियो । बाइडेनको पछिल्लो टेलिभिजन अन्तरवार्ताले पनि बाइडेनको नाममा उठेको शंकाहरू मत्थर गर्न सकेन । छ । मिडिया रिपोर्टका अनुसार डेमोक्रेट पार्टीको चुनावी अभियानका मुख्य दाताहरूले बाइडेन राष्ट्रपतिको दौडमा रहे भने फन्डिङ बन्द गरिदिने चेतावनी दिएका छन्।
पार्टी भित्रै पनि केही नेताले बाइडेनले जित्ने सक्नेमा आशंका गर्दै उमेदवार फेर्न माग गरिरहेको खबरहरू आइरहेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण