ह्याकरहरूले चोरे ९९५ करोड पासवर्ड, कतै तपाईंको पनि चोरियो कि ?
काठमाडौँ । साइबर सुरक्षामाथिको खतरा दिनप्रतिदिन बढ्दै गइरहेको छ । डेटा लिक र साइबर आक्रमणको समाचार बारम्बार आइरहेका छन् । यसैबिच अहिलेसम्मकै सबैभन्दा ठुलो डाटा लिकको खबर बाहिरिएको छ । विश्वभर करिब ९ अर्ब ९५ करोड पासवर्ड लिक भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा ठुलो पासवर्ड लिक भएको अनुसन्धानकर्ताहरूले बताइरहेका छन् ।
अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार ओबामाकेयर नाम गरेका ह्याकरले ९ अर्ब ९५ करोड वटा पासवर्ड लिक गरेको छ । बिहीबार सार्वजनिक भएको रकियू २०२४ रिपोर्टमा यो जानकारी आएको हो । विश्वभर एक पटक मात्रै प्रयोग हुने पासवर्ड लिक भएका छन् । लिक भएका पासवर्डमा धेरै जना अभिनेताहरूको विवरण पनि समावेश भएको प्रतिवेदनमा भनिएको छ ।
लिक भए लगइन जानकारी पनि
साइबरन्युजका अनुसार अनलाइन खाताहरूमा अवैधानिक पहुँच बनाएर आक्रमणकारीहरूले ती पासवर्ड प्राप्त गरेका थिए । यसमा धेरै कर्मचारीको डाटा पनि लिक भएको छ । शोधकर्ताका अनुसार कयौँ पुराना पासवर्ड र नयाँ डाटा लिकका आधारमा यी जानकारी बटुलिएको थियो ।
यो मिश्रित डेटा चुहावटको साथमा इमेल ठेगाना र कयौँ लगइन जानकारी पनि बाहिरिएको छ । रकियू२०२४ व्यक्तिको पहिचान चोर्ने र आर्थिक अपराधमा सबैभन्दा बढी जिम्मेवार रहँदै आएको छ । तर रकियू२०२४ कै पासवर्ड लिक भएको भने यो पहिलो पटक भएको बताइएको छ ।
रिपोर्टका अनुसार यस अघि ह्याकरहरूले एकै पटक ८ अर्ब ४० करोड टेक्स्ट पासवर्ड चोरिएका थिए । तर पछिल्लो चोरी अहिलेसम्मकै सबैभन्दा ठुलो भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण