संविधान संशोधनको विषयमा सार्वजनिक रूपमा बहस गर्नुपर्छ : सांसद झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरूका बारेमा सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका हुन् ।
उनले दुई पार्टीका दुई जना वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्छ भन्ने नरहेको बताए । उनले संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भन्दै यो विषयमा सर्वपक्षीय बहस हुनुपर्ने बताए । उनले दुई जना वृद्धले गरेको हस्ताक्षरलाई सबैले मान्नुपर्ने नरहेको बताए ।
‘संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरूले सार्वजनिक गर्नुपर्यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिक रूपमा बहस पनि गर्नुपर्यो । दुई वटा पार्टी र दुई वटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतिलाई देशले स्विकार्नुपर्छ भन्ने छैन नि । सार्वजनिक रूपमा बहस हुनुपर्यो’ उनले भने, ‘किनकि त्यसको प्रभाव त तपाईंको जिन्दगीमा पनि पर्छ । तपाईंको आउने सन्तानको जिन्दगीमा पनि पर्छ । कुनै एउटा प्रायोजित व्यापारीको लाजिम्पाटको घरमा मध्यरातमा दुई वटा वृद्ध गएर हस्ताक्षर गरे भनेपछि सबैले मानिदिनु पर्छ भन्ने हुँदैन । सार्वजनिक रूपमा सर्वपक्षीय बहस हुनुपर्छ ।’
सांसद झाले जनतालाई ‘डेलिभरी’ दिन सकेमा कांग्रेस–एमाले समीकरणले निरन्तरता पाउने र नसकेमा अर्कोले पालो पाउने भन्दै यसमा आफूहरू दुःखी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण