बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त
काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठुलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू÷व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई हार्दिक अपिल गरेको छ ।
पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपिल गर्दै महासंघले सरकारको यस अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण