आमाको हत्या गरेर फरार साह पक्राउ
आइतबार, २३ असार २०८१, १७ : ५९
काठमाडौँ । रौतहटमा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राजदेवी नगरपालिका १ पथरा टोल बस्ने मनोज साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गत जेठ ५ गते अंशबन्डाका विषयमा आमा राधादेवी साहको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले खोजतलास गरिरहेको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले साहको परिवारसँग परामर्श गरी उनीसँग सम्पर्क गर्न सफल भएको थियो ।
सम्पर्कपछि प्रहरीले साहलाई फरार रहेको अवस्थाको जोखिम तथा हाजिरी भई अनुसन्धानमा सहयोग गरेपछिको अवस्थाबारे कानुनी परामर्श समेत दिएको थियो । त्यसलगत्तै साह जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए ।
साहलाई कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण