संसद्मा सांसद विकले गृहमन्त्रीको धोती खुस्कियो भनेपछि...
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा काण्डले धोती खुस्किएको भनेपछि रास्वपाका सांसद मनिष झाले नियमापत्ति गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद विकले गृह मन्त्रालयले भ्रष्टाचारका फायल खोल्न एक्सनमा उत्रेपछि ठुला दल मिल्न लागेको भनेर गरेको टिप्पणीको प्रतिवादमा उत्रने क्रममा सकारी प्रकरणले गृहमन्त्रीकै धोती खुस्किएको बताएकी थिइन् ।
‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?’, उनले प्रश्न गर्दै भनिन्, ‘सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’ विकले यति भनेपछि रास्वपा सांसद झा आसनबाट उठेर आपत्ति जनाएका थिए ।
उनले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गरे । ‘११ नम्बर बुँदाअनुसार धोती शब्द संसद्मा बोल्न पाइँदैन’, त्यसपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै झालाई सल्लाह गरेर त्यसबारे निर्णय लिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण