बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मोदीलाई स्वागत गर्दा मधेस र केन्द्रको राजनीतिमा के असर हुन्छ ?

शुक्रबार, २१ वैशाख २०७५, १४ : ००
शुक्रबार, २१ वैशाख २०७५

एसके यादव

काठमाडौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणले केन्द्रीय सिन्डिकेट तोडेको मधेश मामलाका जानकारहरू बताउँछन् ।

यसअघि जति पनि भारतीय प्रधानमन्त्री वा राष्ट्रपतिहरू आए, उनीहरू काठमाडौँ हुँदै जनकपुरलगायत अन्यत्र गएका थिए ।

तर यस पटक भने त्यो सिन्डिकेट प्रदेश दुईका सरकारले तोडेको उनीहरुको बुझाई छ ।

यसले केन्द्रका लागि चुनौती थपेका उनीहरु ठान्छन् ।

प्रधानमन्त्री मोदीको जनपुर भ्रमणलाई प्रदेश २ का सरकार तथा स्थानीय सरकारले अवसरका रूपमा लिएका छन् । प्रधानमन्त्री मोदीले पनि प्रादेश २ अर्थात् मधेसलाई प्राथमिकतामा राखेको भन्दै उत्साहित हुँदै उनीहरु त्यसको तयारीमा जुटेका छन् ।

यतिसम्मको जनकपुरका सांसदसमेत रहेका राजेन्द्र महतो आफै कुचो लिएर जनकपुरको सफाईमा जुटे । महतो ती नेता हुन्, जसले मधेश आन्दोलनका बेला भारतले नाकाबन्दी नलगाएको बरु आफुहरुले सीमा अवरोध गरेको बताएका थिए ।

पाटन क्याम्पसका प्रध्यापक वीरेन्द्र मिश्र भन्छन्, ‘सिन्डिकेट तोड्ने साहस दुई नम्बर प्रदेशले गरेको छ । त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साथ दिनुभएको छ । यो हुनुपथ्र्यो । सङ्घीयता आइसकेपछि प्रदेश सरकारले पनि आफ्नो तरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन पाउनुपर्छ । त्यसको सुरुवात दुई नम्बर प्रदेशबाट भएको छ ।  अब काठमाडांैवालाले यसको विरोध गर्नुको कुनै अर्थ रहने छैन ।’

जनकपुरमा हुने मोदीको अभिनन्दन कार्यक्रममा दुई नम्वर प्रदेशका मन्त्री जितेन्द्र सोनल उद्घोषक हुने छन् । प्रधानमन्त्री केपी ओलीले स्वागत भाषण गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् । जनकपुरका मेयर लालकिशोर साहले अभिनन्दन गर्नेछन् । दुई नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धन्यावादसहित समापन गर्नेछन् ।

मोदी विहारको बाटो हुँदै मधेस (प्रदेश २) पस्नुको राजनीतिक महत्व हुनसक्छ । तर यो भ्रमणमा प्रदेश २ लाई जस्तो महत्व दिएको छ, त्यसले राजनीतिक, आर्थिक, समाजिक प्रभाव अवश्य पर्ने विश्लेषकहरू बताउँछन् ।

प्रध्यापक मिश्र भन्छन्– ‘भारतको सहयोगका लागि पनि केन्द्रकै मुख ताक्ने समयको अन्त्य हुँदैछ । प्रदेश सरकारले पनि डाइरेक्ट डिल गर्न सक्छ भन्ने सन्देश यसले दिएको हो ।’

प्रधानमन्त्री मोदीलाई विहार हुँदै नेपाल आउनु थियो भने किन मधेसलाई प्रदेशद्वार बनाए ? मिश्र मान्छन्, ‘२५ मिनेटको बाटो काठमाडौँ आएर पनि जनकपुर जान सक्थे तर उनले मधेस अर्थात प्रदेश २ लाई महत्व दिएका कारणले यस्तो भएको हो ।’

मधेस मामलाका जानकार एवम् लेखक चन्द्रकिशोर भन्छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण विल्कुल धार्मिक हो । धार्मिक आस्थाका कारण मोदी जनकपुर जान लागेका हुन् । यसलाई राजनीतिक रूपमा हेर्नुहुँदैन ।’

उनले जनकपुर पनि नेपालमै पर्ने र मोदी जनकपुर जानुमा कसैले आपत्ति जनाउन नहुने बताए । उनले भ्रमण सफल बनाउन सबैको तर्फबाट सहयोग हुनुपर्ने बताए ।

नाकाबन्दी अर्थात् उनीहरूले भनेको असहयोगको आन्दोलन गरेका फोरम नेपाल र राजपा (त्यतिबेला अलग अलग थिए) मोदीको स्वागतमा लागेका छन् ।

सिरहाका प्रध्यापक सुरेन्द्रप्रसााद यादव भन्छन्, ‘प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका कारण धेरै उत्साहित हुने अवस्था छैन । भ्रमण गर्नुहुन्छ, त्यसक्रममा केही घोषणा पनि गर्नुहुन्छ र जानु हुन्छ । त्यो विगतमा पनि भएको हो, त्यसले केही पनि हुँदैन । मुख्य कुरा मधेसको अधिकार हो । मधेसी जनता अधिकार सम्पन्न नभएसम्म जेजति विकासका कुरा गरे पनि त्यो सफल हुँन सक्दैन ।’

एउटा अर्को देशको प्रधानमन्त्रीलाई स्वागत गर्दा केन्द्रीय राजनीतिमा त्यसको के प्रभाव पर्छ भन्ने जिज्ञासामा चन्द्रकिशोर भन्छन्, ‘यसले कुनै प्रभाव पर्दैन । यो एउटा धार्मिक भ्रमण मात्र हो । यसलाई मधेसी पोलिटिक्स र केन्द्रीय पोल्टिक्सबीच जोडेर हेर्नुहुन्न ।’

मुख्यद्वारबाट सीधै नपसेर जनकपुरको बाटो रोज्नुलाई वरिष्ठ पत्रकार किशोर नेपालले आपत्ति जनाएका छन् । उनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको प्रारम्भ जनकपुरबाट गर्ने भएछन् । यसमा अन्यथा त केही भएन । तर विश्वका ठूला नेताहरू मूलढोकाबाट नपसेर जस्केलाबाट छिरेको चाहिँ ठ्याम्मै नसुहाउने ।’

तर, परम्परा नयाँ होइन

राजधानीभन्दा बाहिरबाट भ्रमण गर्ने यो नयाँ परम्परा भने होइन । नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र डा. बाबुराम भट्टराईले पनि यसप्रकारको भ्रमण गरेका थिए । उनीहरुले विहारको भ्रमण गरेका थिए ।  

तर भारतीयपक्षका लागि भने यो पहिलो यात्रा हो । दुई पटक नेपाल भ्रमण गरिसकेका प्रधानमन्त्री मोदी यसअघि सीधै काठमाडौं आएका थिए । त्यसअघि २०४७ सालमा प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गरेका चन्द्रशेखर पनि काठमाडौं हुँदै जनकपुर गएका थिए । अटलविहारी भाजपेयी पनि काठमाडाँै हुँदै जनकपुर पुगेका थिए ।

तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी पनि काठमाडौं आएपछि जनकपुर गएका थिए । अर्थात उनीहरू नेपाल पस्ने मुख्यद्वार नै काठमाडौंलाई बनाएका थिए तर यस पटक भने त्यो सिन्डिकेट तोडिएको छ ।
सार्क सम्मेलनको समयमा आउँदा पनि उनले त्यही रुट रोजेका थिए तर विविध कारण देखाएर कार्यक्रम स्थगित भएको थियो ।

दुईवटा चर्चा

प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणका लागि वैशाख २८ गते नेपाल आउँदैछन् ।

मोदीको नेपाल भ्रमण विगतको भन्दा फरक छ ।

यसअघि दुई पटक नेपाल भ्रमण गरिसकेका प्रधानमन्त्री मोदीको यस पटक चर्चा अलि फरक छ ।

एउटा चर्चा : नाकाबन्दीका कारण काठमाडौं लगायतका क्षेत्रमा उनको विरोध भइरहेको छ ।

अर्को चर्चा : मोदीको जनकपुर भ्रमणका लागि भव्य तयारी भइरहेको छ ।

यी दुईवटा फरक पाटोका कारण प्रधानमन्त्री मोदीको चर्चा नेपाल भ्रमणको तयारीको क्रममा भइरहेको छ ।

मधेस आन्दोलनका क्रममा नेपाल–भारत सीमामा नाकाबन्दी हुँदा पहाडी जनताले त्यसको दोष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै देखाइरहेका छन् ।

उता, काठमाडौंमाथि नाकाबन्दी लगाउने वातवरण बनाउने दलहरू त्यही प्रधानमन्त्री मादीको स्वागतका लागि दिनरात एक भएर लागेका छन् ।

त्यतिबेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नामबाट आन्दोलन गरेको थियो । त्यसमा सङ्घीय समाजवादी फोरम नेपाल र अहिले राजपा नेपाल गठन गरेका तमलोपा, तमसपा र सद्भावना पार्टीले सहभागी थिए ।

ती दलका नेताहरू भने नाकाबन्दी लगाएको कुरा स्वीकार गर्ने पक्षमा छैन । त्यसमा पनि भारतले नाकाबन्दी लगाएको कुरा त झन स्वीकार गर्न तयार छैनन् । उनीहरू त्यो नाकाबन्दीलाई असहयोगको आन्दोलन भनेका छन् ।

उता भारत पनि नाकाबन्दी आफ्नो कारणले लागेको कुरा स्वीकार गर्ने पक्षमा देखिँदैन । नाकाबन्दीको समयमा भारतले पटक पटक पत्रकार सम्मेलन गरेर भारतले लगाएको नाकाबन्दीको खण्डन गर्दै आइरहेको थियो ।उनीहरूले मधेस आन्दोलनका कारण सीमा अवरोध भएको दाबी गर्दै आइरहेका थिए ।

स्वागतको तयारी

प्रदेश २ मा फोरम नेपालले राजपा नेपालसँग मिलेर सरकार गठन गरेको छ । उपमहानगरपालिकाका मेयर र राजपा नेपालका लालकिशोर साह रहेका छन् । फोरम नेपालबाट मुख्यमन्त्री रहेका छन् भने तीनजना मन्त्री र तीन राज्यमन्त्री पनि सो दलले बनाएको छ ।

उता राजपा नेपालका सभामुख र तीनजना मन्त्री रहेका छन् । उनीहरू सबै मोदीको स्वागतको तयारीमा लागेका छन् । हिजो बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते दुई नम्बर प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै, राजपा नेपालका वरिष्ठ नेता एवम् उद्योग पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय यादवको संयोजकत्वमा गठन भएको प्रसार प्रसार समितिले भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजा गर्ने समयमा प्रदेश २ बासीलाई मठ, मन्दिर र आआफ्नो घरमा रहेको शङ्ख र घण्टी बजाई, महजिद, गुरुद्वारा, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा प्रार्थना गरी उनको दीर्घायु र सुस्वास्थ्य कामना गर्न अपिल गरेको छ ।

त्यति मात्र होइन, प्रदेश तथा स्थानीय सरकारले मोदीको नागरिक अभिनन्दनमा एक लाखभन्दा बढी जनता उतार्ने तयारी गरिरहेका छन् । पण्डालभित्र पचास हजार अटाउने गरी कुर्सीको व्यवस्था गर्न लागेको छ ।
 
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र उनका मन्त्रिमण्डलका सदस्य तथा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लगायतले सबै मोदी आगमनको उपलक्ष्यमा जानकी मन्दिर वरपर सफाइ गरेका थिए ।

रामायण सर्किटका लागि केही गर्ने सम्भावना पनि रहेको छ । भारतको आयोध्या र जनकपुरलाई जोड्ने विषयमा मोदीले पटक पटक बोलेका र यस पटक जनकपुर भ्रमणमा रामायण सर्किटका लागि केही घोषणा गर्नै सम्भावना छ । त्यो भइदियो भने दुई नम्बर प्रदेशका लागि निकै महत्वपूर्ण उपलब्धि हुने उनको धारणा छ ।

थप समाचार

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जानेछन् मोदी

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणः यसरी गरिदैछ तयारी

मोदीको भ्रमणमा बन्ला विराटनगरको भारतीय कार्यालय हटाउने एजेण्डा ?

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप