कानुन व्यवसायीले ड्युटीको प्रहरीलाई हातपात गरेको आरोप
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई एक जना कानुन व्यवसायीले हातपात गरेको आरोप छ । अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई हातपात गरेकी हुन् ।
पार्किङ तर्फको गेटमा सेवाग्राहीलाई सँगै लिएर निस्कन खोज्दा छिनालले उनलाई रोकेका थिए । आफूलाई रोकेपछि अधिवक्ता थापाले थप्पड हानेको सीसीटिभी फुटेजमा देखिन्छ । पार्किङको गेटबाट कानुन व्यवसायीले मात्र आवतजावत गर्न पाउँछन्, सेवाग्राहीलाई साथमा लान पाइँदैन ।
आइतबार गेटमा विवाद भएपछि दुवैजना श्रेस्तेदार रामु शर्माकहाँ उपस्थित भएका थिए । शर्माले कानुनी उपचारमा जान भनेपछि दुवैले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।
यता, प्रहरी कर्मचारीले आफूलाई पनि आक्रमण गरेको अधिवक्ता थापाले दिएको निवेदनमा उल्लेख छ । सीसीटिभी फुटेज हेर्दा अधिवक्ता थापाले आक्रमण गरेपछि प्रहरी कर्मचारीले प्रतिकार गरेको जस्तो देखिएको जिल्ला अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अधिवक्ता थापा सिन्धुपाल्चेक स्थित सुनकोशी गाउँपालिका–६ की स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण