राखी सावन्तको उपचार खर्च तिर्न पुगे सलमान खान
नयाँ दिल्ली । बलिउडकी ड्रामा क्विन राखी सावन्त यतिबेला दुबईमा आराम गरेर बसिरहेकी छिन् । उनी पापाराजीको क्यामराबाट टाढा छिन् । तर पनि उनी हेडलाइनमा छाइरहेकी छिन् ।
हालै मात्र अभिनेत्रीको शल्यक्रिया गरिएको थियो । पेटबाट १० सेमी लामो ट्युमर निकालिएको थियो । यो शल्यक्रियाको बिल बलिउड अभिनेता सलमान खानले तिरेका छन् ।
राखी सलमानको निकै ठूलो फ्यान हुन् । राखीका पूर्व पति रितेशले पनि केही अघि अभिनेत्रीको स्थिति निकै नाजुक रहेको र उनको बिरामी नाटक नभएको बताएका थिए । शुरुमा राखीलाई हर्ट अट्याक भएको बताइएको थियो । तर जाँचको क्रममा उनमा अनेकौं स्वास्थ्य समस्या देखियो । यसमध्ये एक चाहिँ पेटमा ट्युमर थियो । यो अप्ठ्यारो स्थितिमा सलमानले आफूलाई सहायता गरेको उनले बताएकी छिन् ।
आफूले सहयोग नमागे पनि उनी आफैं आएर अस्पतालको बिल चुक्ता गर्न मद्दत गरेको राखीले बताएकी छिन् । ‘उनी आफ्नाहरूलाई कहिले पनि भुल्दैनन् । कसैलाई नबताइकन मद्दत गर्छन् । उनले मेरो मेडिकल बिल तिर्न पनि मद्दत गरे,’ राखीले टेली टक इन्डियालाई दिएको एक अन्तरवार्तामा भनेकी छिन् । यो अप्ठ्यारो परिस्थितिमा आफ्ना पूर्व पति रितेशले पनि आफूलाई निकै साथ दिएका राखीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण