आईओसीको झण्डामुनि पाँच अफगान शरणार्थी, तालिबानी अधिकारीलाई ओलम्पिकमा रोक
काठमाडौँ । ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदै छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको उद्घाटन समारोह जुलाई २६ तारिखमा र समापन समारोह अगस्त ११ तारिखमा हुनेछ ।
पेरिस ओलम्पिकमा एक सय ९६ राष्ट्रका १० हजार ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । पेरिस ओलम्पिकमा अफगानिस्तानको सहभागिताको विषयलाई लिएर लामो समयदेखि विभिन्न अनुमान गरिँदै आएको थियो ।
खासमा अफगानिस्तानमा यतिबेला तालिबानको शासन छ । तालिबानले सन् २०२१ को अगस्तमा सत्ता आफ्नो हातमा लिएका थिए । त्यसको प्रभाव देशको खेल गतिविधि र अन्तर्राष्ट्रिय सहभागितामा पनि पर्ने अनुमान गरिएको थियो ।
पेरिस ओलम्पिकमा पनि यसको असर पर्ने अनुमान गरिँदै आएको थियो । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पेरिस ओलम्पिकमा अफगानिस्तानको सहभागितालाई सशर्त मन्जुरी दिएको छ । समाचारमा जनाइए अनुसार, अफगानिस्तानका तीन महिला र तीन पुरुष गरी कुल ६ खेलाडीले पेरिस ओलम्पिकमा भाग लिनेछन् ।
अफगानिस्तानका खेलाडीले पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स र पौडीमा सहभागिता जनाउने छन् । तर, आईओसीले तालिबानी अधिकारीहरूलाई भने औपचारिक रूपमा ओलम्पिकमा उपस्थित हुनबाट रोक लगाएको छ ।
यसैगरी आईओसीले ओलम्पिकमा तालिबानी झण्डाको प्रयोग गर्नबाट पनि रोक लगाएको छ । यसका अतिरिक्त पेरिस ओलम्पिकमा अफगानिस्तानीमुलका पाँचजना शरणार्थी खेलाडीले पनि सहभागिता जनाउने भएका छन् । तर, यी शरणार्थीले आईओसीको झण्डामुनि रहेर ओलम्पिक खेल्नेछन् ।
खासमा यी शरणार्थीले अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाका कारण देश छोडेका थिए । उनीहरुले आईओसी समक्ष ओलम्पिक खेल्नका लागि निवेदन गरेका थिए । त्यसपछि आईओसीले उनीहरूको आग्रह स्विकार्दै ओलम्पिक खेल्ने वातावरण बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण