बेरिल चक्रवातका कारण ७ जनाको मृत्यु
टेक्सास । बेरिल चक्रवातका कारण मर्नेको संख्या अमेरिकामा ७ जना पुगेको छ । चक्रवातले दक्षिण–पूर्वी टेक्सास र लुइसियानामा वितान्डा मच्चाएको छ ।
चक्रवातका कारण बिजुली आपूर्ति ठप्प हुँदा लाखौं मानिसहरू बिजुलीबत्ती बिहिन स्थितिमा बस्न बाध्य भएका छन् । सोमबार बिहान टेक्सास चक्रवातको चपेटामा आएको थियो । तर त्यसयता यो उष्णकटिबन्धीय आँधीमा परिणत भएको छ । अधिकारीहरूले विध्वंसकारी हुरी चल्ने, १५ इञ्च (३८ सेमी) सम्मको वर्षात् हुने र धनजन नै खतरामा पर्न सक्ने गरी आँधी आउने चेतावनी दिएका छन् ।
सोमबार ह्युष्टनको मुख्य विमानस्थलमा आउने र त्यहाँबाट उड्ने १ हजार १०० भन्दा धेरै उडान रद्द गरिको थियो ।
बिजुली नहुँदा सोमबार राति टेक्सासमा झडै २६ लाख मानिसहरूले अँध्यारो बिताउन बाध्य भएका थिए । लुइसियानामा पनि यस्तै स्थिति थियो ।
क्यारेबियनमा चक्रवातका कारण कम्तिमा १० जनाको ज्यान गएको बताइएको छ । विस्तारै उत्तर–उत्तरपूर्व तिर गइरहँदा बेरिल कमजोर बन्दै जाने अनुमान गरिएको छ । यद्यपि, भारी वर्षा र अचानक बाढी आउने जस्ता खतराहरू भने कायमै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण