बेचन झा को हो बालकोट र बूढानीलकण्ठलाई थाहा छ : लेखनाथ दाहाल
मङ्गलबार, २५ असार २०८१, १४ : १३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बेचेन झा पक्राउ गरेपछि गठबन्धन बदलिएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ४ महिनाअघि एमाले अध्यक्ष केपी ओलीले गरेको पटक पटकको आग्रहलाई प्रचण्डले स्वीकार गरेर समीकरण बदलिएको बताए ।
तर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाँदा बेचन झा र प्रतीक थापाको गिरफ्तारी भएसँगै गठबन्धन टुटेकाले ओलीले जवाफ दिनैपर्ने उनको भनाइ छ । बचैन झा पक्राउ परेपछि उनीसँग बयान लिन समेत रोकिएको सांसद् दाहालले दाबी गरे ।
उनले भने, ‘बचन झा को हुन् हामीलाई थाहा छैन ? नेपाली जनतालाई थाहा छ । बेचैन झा को हुन् त्यो राम्रोसँग बालकोटलाई पनि थाहा छ बूढानीलकण्ठलाई पनि थाहा छ । बेचैन झा पक्राउ परेपछि अहिले बयान नलिनुस्, असार २८ गतेपछि मात्र लिनुस् भनेर फर्मान जारी भएको विषय पनि बजारमा आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण