प्रतिनिधि सभा बैठक: सांसद कार्कीले खोजिन् गृहमन्त्री
मङ्गलबार, २५ असार २०८१, १४ : २४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छन् ।
मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री संसद् बैठकमा समेत नआएको भन्दै खोजी गरेकी हुन् । उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद् बैठकमा जानकारी गराउन माग गरिन् ।
यस्तै नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मूल कारण प्रधानमन्त्रीको कुर्सी मोह भएको बताए । उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरू सबै दोषी भएका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण