जलस्रोत विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो
मङ्गलबार, २५ असार २०८१, १५ : ०५

काठमाडौँ । प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन(२०७९ साउन–२०८० असार) पेस गरे ।
प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्नेगरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने