मुकुलको आरोप : बालापनको आरोप लगाएर मेरो सार्वजनिक छविमाथि प्रहार भयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पदीय जिम्मेवारीबाट मुक्त भएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्ने रवि लामिछानेहरूलाई आफ्नो शैली बालापन लाग्नु स्वाभाविक भएको बताएका छन् ।
रास्वपाले पदीय जिम्मेवारीबाट मुक्त गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले आफूमाथि बन्द कोठामा बालापनको आरोप लगाएर सार्वजनिक छविमाथि प्रहार गरेको पनि बताए ।
‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ । लागोस् मलाई मतलब छैन’, ढकालले भने, ‘मेरो शैलीको बारेमा धेरै प्रश्नहरू उठ्यो । बच्चै छ, बालापन भयो । कार्यशैली मिलेन यावत कुराहरू उठे ।’ उनले यस्तो कुरा उठेपछि आफूले लाइभ गरौँ भनेको सुनाए । ‘मैले त भनिरहेको छु लाइभ गरौँ । कसको शैली कस्तो छ थाहा भइहाल्छ । बन्द कोठामा मुकुल बच्चा देखियो भन्ने आरोप किन लगाउनुपर्यो ? लाइभ गरेपछि को कति पानीमा छ देखिन्छ भनेपछि उहाँहरूले मेरो सार्वजनिक छविमाथि प्रहार हुने प्रकारले आरोप लगाउनुभयो’, ढकालको गुनासो छ ।
उनले आजको रवि लामिछानेलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने भएकाले आफ्नो शैली मन नपर्नु स्वाभाविक रहेको बताए ।
ढकालले त्यही भएर रवि लामिछाने अझै पनि उपधारा ३ को सरकार बन्ला र सरकारमा जान पाइएला भनेर बसिरहेको बताए । ‘अझैसम्म देउवाको नेतृत्वमा ३ अनुसार सरकार बन्ला र टुसुक्क जान पाइएला भनेर बस्नुभएको छ’, ढकालको भनाइ छ ।
उनले पार्टी संगठनभित्र कसैको शैलीको आरोप भए त्यो दीपक बोहोराको शैलीमाथिमात्र आरोप लागेको बताए । साथै उनले पार्टी जोगाउन आफूलाई अधिकांश सदस्यहरूले जे हो सत्य बोल्न आग्रह गर्ने गरेको र आफू सोही अनुसार अघि बढेको बताए । उनले १९ गतेको बैठकमा लाइभको पक्षमा ओर्लेलास् भनेर रवि लामिछाने उपस्थित भएको बताए । ‘त्यो भन्दा पहिला पनि साना बैठक गरेर मेरो विपक्षमा माहोल बनाइसक्नुभएको थियो’, उनले भने, ‘लाइभ नगर्ने हो भने कालोटेप लगाएर विरोध गर्छु भनेँ ।’
ढकालले मिडियामा आफूले आफ्नो प्रतिवेदनको केही अंश दिएको भन्दै सरकारको विषयमा रवि लामिछानेले नबोल्न दबाब दिएको बताए । उनले पार्टी बिग्रियो र जोगाउनुपर्छ भन्दा ज्वाला संग्रौला र रमेश प्रसाईँहरूलाई परिचालन गरेर मुकुल ढकाल रवि लामिछानेको विपक्षमा गयो भन्ने माहोल सिर्जना गरिएको बताए ।
उनले मूल विवाद सरकारले काम गर्न सकेन भनेर आफूले भनौँ भन्दा गृह मन्त्रालयले जति अरूले नगरेको भनेपछि आफूलाई चित्त नबुझेको बताए । ढकालले रवि लामिछानेले कुनैपनि कुराको जिम्मेवारी नलिने गरेको आरोप पनि लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण