दलको बैठकमा प्रचण्डको ब्रिफिङ : केपी ओलीले ढाँटछल गर्नुभो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटछल गरेको ‘ब्रिफिङ’ गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बताएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक समाचारमा सत्यता नभएको प्रधानमन्त्रीले जानकारी गराएको बताए ।
‘असार १७ गते प्रचण्ड र ओलीबिच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले ३ जना नेता बसौँ भन्नुभयो । मैले केपीजी ३ जना बसौँ भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँट छल भयो ।’
पाण्डेले पूर्वतयारी अनुसार नै प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भन्दै आफ्ना सांसदहरूलाई ह्विप जारी गर्ने र पक्षमा मत दिन निर्देशन दिने तथा अन्य दल र स्वतन्त्र सांसदलाई मत दिन आव्हान गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण