सत्ता राजनीति
बुढानीलकण्ठमा देउवा र ओलीबिच दुई घण्टा छलफल
बुधबार, २६ असार २०८१, २० : ४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा उनीहरूबिच भेटवार्ता भएको हो । कांग्रेस र एमालेबिच नयाँ सत्ता समीकरण गर्ने सहमति भएसँगै भावी रणनीति तय गर्न अध्यक्ष ओली र देउवाबिच करिब दुई घण्टा कुराकानी भएको बताइएको छ ।
दुई नेताको भेटमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण