कुखुरा फर्म सञ्चालकको हत्यामा संलग्न भनिएका दुईजना पक्राउ
विराटनगर । मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी न।पा।वडा नम्बर ४ हाटखोला घर भई बजगाईँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेका छन् ।
सुन्दरहरैचा- १ कुमार गाउँ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका सञ्चालक बजगाईँको बिहीबार बिहान शव फेला परेको थियो ।
कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यद्यपि दुवैजना फरार थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले दुवै जनालाई सुनसरी धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेस्टहाउसबाट बिहीबार साढे ७ बजेतिर पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नै सो घटना गराएको प्रहरीको दाबी छ । बजगाईँको टाउकोमा दाउ र बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण