बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु
काठमाडौँ । बिहे भएको २४ घण्टा बित्न नपाउँदै एक युवतीको सिउँदो उजाडिएको छ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा उक्त घटना भएको हो । २० वर्षीय सोनु यादव मंगलबार विवाहका लागि जन्तीसहित औरैया जिल्लाको सुल्तानपुरस्थित बेहुलीको घरमा पुगे ।
विवाहका प्रक्रिया पूरा गरी बुधबार बेहुली लिएर सोनु आफ्नो घर फर्किए । प्रचलित विधि अनुसार बेहुली भित्र्याइयो । विवाहका लागि घरमा आएका पाहुना बिहीबार आ–आफ्नो घर फर्कन थाले ।
पाहुनाहरूलाई बिदा गरेर सोनु आरामका लागि पहिलो तलामा गए । त्यहाँ रहेको सोफामै उनी सुते । लामो समयसम्म पनि नउठेपछि उनलाई आमाले बोलाइन् । तर उनी बोलेनन् । आत्तिएर आमाले हल्लाखल्ला गरिन् ।
अचेत अवस्थामा रहेका उनलाई नजिकैको अस्पतालमा लगियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे । उनको मृत्युको कारण पहिचान भइसकेको छैन । प्रहरीले शव परीक्षणका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण