प्रचण्डको विपक्षमा उभिए दुई तिहाइ सांसद

काठमाडौं । प्रतिनिधिसभामा प्रधाममन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा दुई तिहाइ मत परेको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदा दुई तिहाइ सांसद विपक्षमा उभिएका हुन् ।
एमाले, जसपा, नाउपा र जनमतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० ९२० अनुसार विश्वासको मत मागेका थिए ।
विश्वासको मतको मत विभाजनको बैठकमा उपस्थित २५८ जना सांसद मध्ये प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका ६३ सांसदले मतदान गरे ।
प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत परेको छ भने एक जना सांसद तथष्ठ मत प्रकट गरेका छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, नाउपा र स्वतन्त्र सांसदहरुले पनि विपक्षामा मत जाहेर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार