प्रचण्डको विपक्षमा उभिए दुई तिहाइ सांसद
काठमाडौं । प्रतिनिधिसभामा प्रधाममन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा दुई तिहाइ मत परेको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदा दुई तिहाइ सांसद विपक्षमा उभिएका हुन् ।
एमाले, जसपा, नाउपा र जनमतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० ९२० अनुसार विश्वासको मत मागेका थिए ।
विश्वासको मतको मत विभाजनको बैठकमा उपस्थित २५८ जना सांसद मध्ये प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका ६३ सांसदले मतदान गरे ।
प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत परेको छ भने एक जना सांसद तथष्ठ मत प्रकट गरेका छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, नाउपा र स्वतन्त्र सांसदहरुले पनि विपक्षामा मत जाहेर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण