सत्ता राजनीति
शीतल निवास पुगे कांग्रेस र एमालेका नेताहरू, ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी
शुक्रबार, २८ असार २०८१, २१ : २४
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।
कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण