विम्बल्डनको उपाधिका लागि जोकोभिच र अल्काराज भिड्ने
काठमाडौँ । सबैभन्दा सफल पुरुष टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन २०२४ को फाइनलमा प्रवेश गरेका छन् ।
लण्डनमा शुक्रबार राति भएको सेमिफाइनलमा विश्ववरियतामा दोस्रो स्थानमा रहेका सर्वियाका जोकोभिचले २५ औँ वरियतामा रहेका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध ३–० को सहज सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।
घुँडाको शल्यक्रिया भएको पाँच हप्तापछि जोकोभिचले विम्बल्डनको फाइनलमा पुगेर आफ्नो क्षमता प्रमाणित गर्न सफल भएका छन् ।
सात पटकको विम्बल्डन च्याम्पियनले २५ औँ वरीयता प्राप्त इटालियनलाई ६–४, ७–६ (७÷२), ६–४ ले हराएर अल इङ्गल्यान्ड क्लबमा आफ्नो कीर्तिमानी १० औँ फाइनलमा पुग्न सफल भए ।
जोकोभिचसँग अब आठौं विम्बल्डन उपाधि जितेर महान रोजर फेडेररको बराबरी गर्ने मौकाको खोजीमा छन् ।
त्यस्तै गत वर्ष अल्काराजसँग पाँच सेटको फाइनलमा भएको नाटकीय हारको बदला लिने मौका पनि हुनेछ । यदि जोकोभिच यस पटक विम्बल्डन च्याम्पियन बन्न सफल भए भने उनी यो उपाधि जित्ने सबैभन्दा पाका खेलाडी बन्नेछन् ।
यसैबिच डिफेन्डिङ च्याम्पियनकार्लोस अल्काराजले पहिलो सेमिफाइनलमा डेनिल मेदभेदेवलाई ६–७, ६–३, ६–४, ६–४ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक विम्बल्डन टेनिस ग्रान्डस्लामको फाइनलमा प्रवेश गरेका छन् ।
कार्लोस अल्काराज र नोभाक जोकोभिचबिचको विम्बल्डन २०२४ को फाइनल जुलाई १४ मा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण