कारागार भवन जीर्ण, पानी चुहिँदा कैदीबन्दीलाई समस्या
पर्वत । झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । टिनको छाना भएको भवनमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ ।
लामो समयसम्म टिनको छाना परिवर्तन गर्न नसक्दा खिया लागेर पानी चुहिन थालेको हो । हिउँदमा धेरै समस्या नभए पनि निरन्तरजसो पानी पर्ने वर्षायाममा कैदीबन्दीलाई रात काट्न समस्या परेको छ । छानाबाट पानी चुहिएर ओछ्यान भिज्ने र खाना पकाउन समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।
पानी चुहिएर कैदीबन्दी समस्यामा परेको गुनासो आएपछि कारागार कार्यालयले चार त्रिपालले छानो ढाकेको छ । मर्मत गर्न बजेट नभएका कारण त्रिपालले ढाकेको कारागार कार्यालयका सूचना अधिकारी निर्मल पौडेलले जानकारी दिए । कारागार भवन पुनःनिर्माण गर्नुपर्ने उनले बताए ।
कारागारमा पुरुष ब्लकतर्फ बढी समस्या रहेको छ । पुरुष बस्ने भवन मर्मतसम्भार हुन सकेको छैन । क्षमताभन्दा चार गुणा बढी रहेको साँघुरो भवनमा वर्षायाममा पानी चुहिने समस्याले दैनिक जीवनयापनमा समस्या भएको सूचना अधिकारी पौडेलले बताए ।
कारागार भवन पुनःनिर्माण गर्न माग गर्दै आएपनि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतले चासो नदिएको कार्यालयले जनाएको छ । अहिले पर्वत जिल्ला कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् । पच्चीस कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ९३ जना रहेका छन् । कैदीबन्दीमा तीन महिला र एक नाबालक छन् ।
क्षमताभन्दा बढी कैदीबन्दी भएपछि तिनको व्यवस्थापन गर्न समस्या भएकबो कारागार कार्यालयका जेलर शिला श्रेष्ठले बताइन् । क्षमताभन्दा बढी कैदीबन्दी राख्दा उनीहरुलाई सुत्न समस्या भएको छ । त्यहाँ शौचालयको समेत समस्या छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण