बेथरी–मर्चवार सडकको प्रगति प्रतिवर्ष एक किलोमिटर
बुटवल । लुम्बिनी प्रदेश सरकारले रणनीतिक महत्त्वका साथ अघि बढाएको रुपन्देहीको मायादेवी गाउँपालिकाको बेथरीबाट मर्चवार जोड्ने चार लेनको सडक निर्माण सुरु भएको ४ वर्ष लाग्दासम्म सकिएको छैन । यो सडकको भौतिक प्रगति सरदर प्रतिवर्ष एक किलोमिटर देखिएको छ ।
सुरुमा १० किलोमिटर सडक निर्माणका लागि डीपीआर भएको थियो । तर बजेट अभावका कारण ४.७ किलोमिटरको मात्र ठेक्का लागेर काम भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
_iwtMbrCmPV.jpg)
लुम्बिनी अर्घाखाँची बाबु जेभीले ४.७ किलोमिटर सडक निर्माणका लागि २६ करोड ३८ लाखको लागतमा २०७७ सालमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुसार २०८० जेठ २ गते सडक निर्माण सक्नुपर्नेमा काम हुन नसकेपछि कात्तिक मसान्तसम्मका लागि दोस्रो पटक म्याद थप भएको छ ।
ठेकेदारले दोस्रो पटक म्याद थप गरेर कार्तिकसम्म समय पाएको सडक कार्यालयले जनाएको छ । सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका इन्जिनियर हितेन्द्र रायमाझीले ठेकेदारले करिब २० करोड रुपैयाँ लगेको रातोपाटीलाई बताए ।
_nk81XmgmXj.jpg)
उनका अनुसार १० किलोमिटर सडकलाई दुई भाग गरेर काम हुने छ । सुरुको ठेक्का सकिएपछि अर्को प्रक्रिया जाने प्रदेश सरकारको योजना छ । हालसम्म ४.७ किलोमिटर सडकमा बेस र स्ट्रक्चरको काम भएको छ । अब कालोपत्रे, रङ रोगन, चिह्न राख्ने लगायतका काम बाँकी छ । इन्जिनियर रायमाझीले रुख कटानको सम्बन्धमा भएको जटिलताले ढिलाइ भएको बताए ।
बाँकी ५ किलोमिटर सडकका लागि पछिल्लो समय संघ र प्रदेश सरकार कसैले बजेट विनियोजन गरेका छैनन् । अझै लुम्बिनी प्रदेश सरकारको आयस्रोतमा कमी भएकाले यस्ता ठुला परियोजना रकम हाल्ने सम्भावना कम देखिने लुम्बिनी आर्थिक अनुसन्धान केन्द्रका संयोजक हुमराज भुसालले बताए ।
_TlKYJ5d3PC.jpg)
रुपन्देहीको कोटइमाई गाउँपालिका–४ का वडाध्यक्ष विष्णुनारायण पाण्डेले डीपीआर भएभन्दा थोरै ठाउँमा मात्र काम सुरु भएको बताउँदै तोकिए अनुसार काम नहुँदा भैरहवा आउन जान सहज कठिन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण